सांसद गृहमन्त्रीको जवाफमा रुष्टस् ‘गोली लागेको भए पौडेलको हात ६–७ ठाउँमा कसरी भाचियो ।
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे दिएको जवाफमा सांसदहरु असन्तुष्ट भएकाछन ।
गृहमन्त्री थापाले प्रहरीमाथि भएको आक्रमणसँगै जवाफी कारबाहीमा घटनास्थलमै कुमार पौडेलको मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज चन्द समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको भन्ने खुल्न आएको जानकारी दिनुभएको थियो ।
तर गृहमन्त्रीको जवाफपछि सत्तारुढ नेकपाकै सांसद जनार्दन शर्मा भने रुष्ट देखिनुभयो । उहाँले गृहमन्त्रीको जवाफको प्रतिवाद गर्दै प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी समेत गर्नुभयो ।
प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भने पनि जनताको भने फरक धारणा रहेको सांसद शर्माको भनाइ थियो । उहाँले रुष्ट मुद्रामा भन्नुभयो, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन । गोली लागेर मारिएको भनिएको व्यक्तिको हात ६–७ ठाउँमा कसरी भाँचियो रु हामीले विश्वस्त हुन सक्ने आधार रहेन ।’
समितिको बैठकमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री तथा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालसामु सांसद शर्माले जनतालाई सही जवाफ दिनुपर्ने बताउनुभयो । पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिने आधार नरहेको बताउनुभयो ।
बैठकमा सत्तारुढ दलकै अर्का सांसद तीर्था गौतमले पनि मान्छे मारेर समाधान नहुने र वार्ताबाट निकास खोज्न सरकारसँग आग्रह गर्नुभयो । साथै अर्का सांसद राम सहायप्रसाद यादवले मुलुकलाई द्वन्द्वमा जान दिनु हुँदैन भन्दै पौडेलको हत्याले द्वन्द्व बढ्न सक्ने बताउनुभएको छ ।
यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए । मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानबिन गरिरहेको हो ।
एक साताभित्र प्रतिवेदन बुजाउन निर्देशन
समितिले नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गर्न एक साताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
हत्याको विषयमा फरकफरक टिकाटिप्पणी भएको भन्दै यथार्थ जानकारी गराउने गरी एक साताभित्र प्रतिवेदन बुझाउन सभापति शशि श्रेष्ठले निर्देशन दिनुभउको छ ।
सांसद गृहमन्त्रीको जवाफमा रुष्टस् ‘गोली लागेको भए पौडेलको हात ६–७ ठाउँमा कसरी भाचियो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे दिएको जवाफमा सांसदहरु असन्तुष्ट भएकाछन ।
गृहमन्त्री थापाले प्रहरीमाथि भएको आक्रमणसँगै जवाफी कारबाहीमा घटनास्थलमै कुमार पौडेलको मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज चन्द समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको भन्ने खुल्न आएको जानकारी दिनुभएको थियो ।
तर गृहमन्त्रीको जवाफपछि सत्तारुढ नेकपाकै सांसद जनार्दन शर्मा भने रुष्ट देखिनुभयो । उहाँले गृहमन्त्रीको जवाफको प्रतिवाद गर्दै प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी समेत गर्नुभयो ।
प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भने पनि जनताको भने फरक धारणा रहेको सांसद शर्माको भनाइ थियो । उहाँले रुष्ट मुद्रामा भन्नुभयो, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन । गोली लागेर मारिएको भनिएको व्यक्तिको हात ६–७ ठाउँमा कसरी भाँचियो रु हामीले विश्वस्त हुन सक्ने आधार रहेन ।’
समितिको बैठकमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री तथा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालसामु सांसद शर्माले जनतालाई सही जवाफ दिनुपर्ने बताउनुभयो । पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिने आधार नरहेको बताउनुभयो ।
बैठकमा सत्तारुढ दलकै अर्का सांसद तीर्था गौतमले पनि मान्छे मारेर समाधान नहुने र वार्ताबाट निकास खोज्न सरकारसँग आग्रह गर्नुभयो । साथै अर्का सांसद राम सहायप्रसाद यादवले मुलुकलाई द्वन्द्वमा जान दिनु हुँदैन भन्दै पौडेलको हत्याले द्वन्द्व बढ्न सक्ने बताउनुभएको छ ।
यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए । मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानबिन गरिरहेको हो ।
एक साताभित्र प्रतिवेदन बुजाउन निर्देशन
समितिले नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गर्न एक साताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
हत्याको विषयमा फरकफरक टिकाटिप्पणी भएको भन्दै यथार्थ जानकारी गराउने गरी एक साताभित्र प्रतिवेदन बुझाउन सभापति शशि श्रेष्ठले निर्देशन दिनुभएको छ ।