सरकारको तर्फबाट एउटा संकल्प व्यक्त भइसकेको छ : मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गुठी विधेयक किन आवश्यक थियो भन्ने कुरा सरकारले बताइसकेको बताउनु भएको छ ।
सरकारको तर्फबाट एउटा संकल्प आइसकेको बताउँदै मन्त्री अर्यालले गुठी संग जोडिएको विषयमा सरकार संवेदनशील रहेको बताउनु भएको हाे । धर्म, संस्कृति, परम्परा, जात्रा, पर्व संग सम्बन्धित विषयमा सरकार विचलित नभएको र त्यस विषयमा उपत्यका संग जोडिएका जिल्लाहरुमा भएको गुठी पिडितहरुको हक स्थापित गर्न सरकारले नयाँ तरिकामा गुठी विधेयक ल्याइएको भएपनि अहिलेको लागि सरकारले फिर्ता लिएको बताउनु भएकाे हाे ।
मन्त्री अर्यालले विधेयक अहिलेको लागि स्थगित गर्नुपर्ने ठाँउमा भएको भन्दै त्यसको प्रक्रिया अगाडी बढी रहेकाे जानकारी समेत दिनुभएकाे छ । सांसदहरुले सदनबाट किन फिर्ता भएन भन्ने प्रश्नको जवाफ दिदैँ मन्त्री अर्यालले भन्नुभयो, यो सदनमा विधेयक पेश भएकै छैन, यहाँबाट फिर्ता हुदैँन, राष्ट्रिय सभाको निम्ति प्रकृया अगाडी बढ्दै छ ।
सांसद शान्ता चौधरीले गर्नुभएको कमैयाको सम्बन्धी प्रश्नको जवाफ दिदैँ उहाँले भन्नुभयो साउन चार गते नै कमैया पुनस्स्थापना सकिएको घोषणा गर्ने कि भन्ने विषयमा मन्त्रालयमा तयारी रहेको बताउनु भएको छ, चालु आर्थिक वर्षमा कमैया पुनस्स्थापना सकेर जीवनस्तर उकास्न लाग्नुपर्छ भन्नेतिर मन्त्रालय लागि परिरहेको बताउनु भएको छ ।