अमेरिकी राष्ट्रपति ट्रम्प कोरियाली नेता किम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाली नेता किम जोङ–उनले प्राप्त गरेको उत्तर कोरियाली सञ्चार माध्यमले जानकारी दिएका छन् ।
पत्र प्राप्त गरेपछि उत्तर कोरियाली नेता किम जोङ–उनले पत्र उत्कृष्ट भएको भन्दै आफूले गम्भीर विषयलाई गम्भीर रुपमा नै लिने प्रतिक्रिया दिएका छन् ।
उनले ट्रम्पको पत्र प्राप्त गरेपछि ‘असाधारण साहस’ भन्दै प्रशंसाका गरेका छन् । यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले किमलाई सुन्दर पत्र लेखेको बताएका थिए ।
यो पत्र कहिले र कसरी पठाएको हो भन्नेबारे केही बताइएको छैन । गत २७ र २८ फेब्रुअरीमा भियतनामको हनोईमा दुई नेताबीचको शिखर वार्ता निष्कर्षविहीन भएपछि सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
तर, त्यसपछि पनि दुई नेताबीच पत्र आदान प्रदान भएका थिए । ट्रम्पले दक्षिण कोरियाको भ्रमणको तयारी गरिरहेका बेला उत्तर कोरियालाई ट्रम्पले पठाएको पत्रलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।