प्रधानमन्त्री बालेन ३४ सदस्यीय टोलीसहित भारत प्रस्थान गर्दै
प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो १ः४५ बजे भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन् ।
उनको बिदाइका लागि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् । प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा जान लागेका हुन् ।