सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ ।