सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आज बिहान फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएर दुर्घटना भएका हुन्।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।