रास्वपाको २० सदस्यीय टोली कात्तिक २९ देखि चीन भ्रमणमा जाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान र छलफल हुने जनाइएको छ ।
भ्रमणले नेपाल–चीनबीच राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्य विस्तारमा सहयोग पुग्ने रास्वपाले जनाएको छ ।
प्रतिनिधिमण्डलमा सांसद गणेश पराजुलीसहित १९ जना सांसद तथा पार्टीका नेताहरू सहभागी हुनेछन् ।