मुगुमा २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने
मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयवासीसँगको छलफलमा पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन् ।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका सडक मर्मत तथा धार्मिक पर्यटकीय स्थल ऋणमोक्ष धामसम्म पुग्ने बाटो सुधार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।