डेभिड मिलर एनपीएल खेल्न काठमाडौं आइपुगे
दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज बिहान काठमाडौं आइपुगेका छन्। उनी जारी प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका व्यवस्थापकसहितको टोलीले मिलरलाई स्वागत गरेको थियो।
३७ वर्षीय बायाँ हाते ब्याटर मिलरको आगमनले कर्णालीको टोली थप बलियो हुने अपेक्षा गरिएको छ। तीन खेल खेलेको कर्णालीले दुई खेलमा जित निकालेको छ। कर्णालीले शुक्रबार आफ्नो चौथो खेल सुदूरपश्चिमसँग खेल्नेछ।