हुम्लामा भूकम्पको धक्का
हुम्ला केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो।
भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने सार्वजनिक भएको छैन।