नेपाल विद्युत् प्राधिकरणमा विभिन्न पदमा स्थायी कर्मचारीका लागि आवेदन खुला
नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले लोक सेवा आयोगमार्फत सञ्चालन हुने लिखित परीक्षाका आधारमा कर्मचारी छनोट गर्ने गरी आवेदन खुलाएको हो।
योग्यता पुगेका इच्छुक उम्मेदवारले २०८३ मंसिर १० गतेसम्म नियमित दस्तुर तिरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। उक्त समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म दरखास्त दिन सक्नेछन्।
पद, आवश्यक योग्यता तथा अन्य विस्तृत विवरण प्राधिकरणले प्रकाशित गरेको विज्ञापनमा उल्लेख गरिएको छ।