बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत फेला
बैतडीमा एक प्रहरी जवान अदालत परिसरभित्र रहेको आफ्नै निवासमा मृत फेला परेका छन् । मृत्यु हुनेमा दार्चुलाको गाउँपालिका–४ घर भएका प्रहरी जवान भूपेन्द्र राम पार्की रहेका छन् । उनी मंगलबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक रायका अनुसार अदालतभित्रको ब्यारेकमा कार्यरत पार्की आफ्नै सुत्ने कोठामा मृत फेला परेका हुन् । उनी कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको डीएसपी रायले जानकारी दिए ।
उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन् । घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।