यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ।
निर्धारित दरअनुसार युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा कायम भएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तोकिएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ नौ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा रहेको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।