एमाले स्थायी कमिटी बैठक जारी, राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने
नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमालेले दुई दिने राष्ट्रिय भेलापछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ। उक्त बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारीदेखि सरकारविरुद्धको आन्दोलनसम्मका विषयमा छलफल गरी आवश्यक योजना बनाउने एमालेले जनाएको छ।
राष्ट्रिय भेला र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकलाई पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।