यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा तथा क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी, साउदी रियाल एकको बिक्रीदर ३९ रुपैयाँ ६० पैसा, कतारी रियाल ४० रुपैयाँ ७८ पैसा र युएई दिराम ४० रुपैयाँ ४५ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।