यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ।
युरो एकको बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, पाउन्ड स्ट्रलिङ २०५ रुपैयाँ १६ पैसा र स्विस फ्र्याङ्क १८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ८८ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ १४ पैसा तोकिएको छ।
यस्तै, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ६२ पैसा, साउदी रियाल ४० रुपैयाँ ६६ पैसा र कतारी रियाल ४१ रुपैयाँ ८९ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।