आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही अधिकांश प्रदेशमा वर्षाको सम्भावना छ।
कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, विभिन्न प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर बदली रही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।