शुक्लाफाँटामा सम्पर्कविहीन १४ महिला सकुशल फेला
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सकुशल परिवारको सम्पर्कमा आएका छन्।
नेपाली सेनाका अनुसार उनीहरूको खोजीका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन परिचालन गरिएको थियो। खोजीकै क्रममा महिलाहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको हो।
यसअघि निकुञ्जभित्र हराएका बेल्डाडी गाउँपालिका–२ का तीन महिलालाई पनि सेनाले सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ।