धनुषामा मन्दिरमा सुतिरहेका व्यक्तिको हत्या, अनुसन्धान सुरु
धनुषा — धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेका एक व्यक्तिको हत्या भएको छ।
हत्या हुनेमा धनुषाकै हंसपुर नगरपालिका–३ मलहनियाका करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन्।
प्राप्त जानकारीअनुसार गडेरी रघुनाथपुरस्थित आफ्नी फुपूको घरमा बस्दै आएका थिए। उनी दैनिकजसो फुपूको घरमा खाना खाएपछि राति हनुमान मन्दिरमा सुत्न जाने गरेको स्थानीयले बताएका छन्।
स्थानीयले मन्दिरमा गडेरीको हत्या भएको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। हत्या कसरी र किन भएको भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।