धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दै १ करोड १४ लाख ९ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ।
सोही अवधिमा जिल्लामा १ हजार ३५८ सवारी दुर्घटना हुँदा ८२ जनाको मृत्यु र २ हजार १९८ जना घाइते भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या केही घटेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्राफिक सचेतना कार्यक्रम र नियमित चेकजाँचका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सहयोग पुगेको छ।