सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन
नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारासहित माओवादीका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।