दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए । उक्त स्थानमा मजदुर नभएको ठानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।