नेपाल फेरि एफएटीएफको ग्रे लिस्टमै, सुधार नदेखिएको निष्कर्ष
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट हटाउन अस्वीकार गर्दै यथावत राखेको छ। पेरिसमा सम्पन्न बैठकले नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय गतिविधि नियन्त्रणसम्बन्धी आवश्यक सुधार कार्यान्वयन नगरेको निष्कर्ष निकालेको हो।
एफएटीएफले नेपाललाई ७ वटा कार्ययोजना पूरा गर्नुपर्ने शर्त राखेको छ, जसमा जोखिम–आधारित निगरानी, अनुसन्धान क्षमता वृद्धि र अवैध वित्तीय गतिविधि नियन्त्रणजस्ता विषय समेटिएका छन्। पर्याप्त सुधार नदेखिएकाले नेपाल ग्रे लिस्टमै रहने निर्णय गरिएको हो।