थापाथलीमा सुकुमबासी बस्ती हटाउँदा महिला बेहोस, प्रहरीले गर्यो उद्धार
काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा बेहोस भएकी महिलाको प्रहरीले उद्धार गरेको छ । शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी थिइन्।
बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको छ। बालेन शाह सरकारको नेतृत्वमा आएसँगै सुकुमबासी बस्ती हटाइँदैछ ।
शुक्रबारमात्रै काठमाडौँको टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती हटाइएको छ।बस्ती हटाउँदै गर्दाको दृश्य हेर्नेहरूको भीड लागेको छ। आजै शंखमुल,बालाजु क्षत्रेको बस्ती हटाइएको थियो। यसअघि सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।