नयाँ शैक्षिक सत्र आजदेखि सुरु, भर्ना प्रक्रिया लागू
सरकारको निर्णयअनुसार आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। यस वर्ष वैशाख १५ गतेदेखि सत्र सुरु गर्ने निर्णय गर्दै विद्यालय भर्ना प्रक्रिया पनि यही मितिबाट लागू गरिएको हो।
यसअघि वैशाख २ गतेदेखि सत्र सुरु हुने परम्परा भए पनि निजी विद्यालयले परीक्षा नसकिँदै भर्ना लिन थालेपछि नयाँ व्यवस्था गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना तथा अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको छ भने सर्वोच्च अदालतले पनि नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न अन्तरिम आदेश जारी गरेको छ।