एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थप गरेको छ । कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै कक्षा १० मा अध्ययनरत परीक्षार्थीका लागि आवेदन फाराम भर्ने समयावधि थप गरेको जनाएको हो ।
यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने म्याद तोकिएको थियो । दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण समय अपुग भएको भन्दै विभिन्न विद्यालयले म्याद थप गर्न माग गरेपछि समयावधि बढाइएको कार्यालयले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेलगायत आवेदन प्रक्रियाका सम्पूर्ण काम पूरा गर्ने अन्तिम म्याद आगामी मंसिर २५ गतेसम्म कायम गरिएको छ ।