कलाकर्मीहरूले गरे माइतीघरमा विरोध प्रदर्शन
कलाकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले बुधबार विरोध प्रदर्शन गरेका हुन् ।
अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेपको विरोधमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरूको सहभागिता रहेको थियो।
प्रदर्शनका क्रममा सहभागी कलाकारहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर प्रतीकात्मक रूपमा आफ्नो असहमति जनाएका थिए।