जुवातास खेल्ने ७ जना पोखराबाट पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पोखराबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पोखरा १६ माथिल्लो दिपबाट ४ बुक तास सहित उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट २ लाख ९५ हजार ६ सय ७५ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । तिहार लागेपछि मात्रै कास्की प्रहरीले २७ जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरुबाट ८ लाख ९७ हजार ७ सय ८० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीलाई जुवातास खेलिरहेको सूचना पाएपछि छापा मार्ने गरेको उनको भनाइ छ ।