दोहोरो नागरिकता प्रकरण: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ अध्यक्ष सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाले मंगलबार दिउँसो पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले मंगलबार साँझ अध्यक्ष सिरोहियालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।
प्रहरीको टोलीले पक्राउ पूर्जी थमाएर प्रक्रिया पूरा गरी सिरोहियालाई कार्यकक्षबाट नै पक्राउ गरेको हो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले मंगलबार नै अनुमति दिएको थियो । सिरोहियाले भने समाचार लेखेको प्रसिशोध साँघेर आफूलाई पक्राउ गरिएको दावी गरेका छन् ।
राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट आफ्नो समूह विचलित नहुने पनि अध्यक्ष सिरोहियाले दावी गरेका हुन् ।