सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले, ललितानिवास जग्गाप्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतउपस्थित गराउनआदेश दिएको छ ।
विहीबारराउतको बन्दीप्रतक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीशतीलप्रसाद श्रेष्ठको एकलइजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउनआदेश दिएको हो ।
ललितानिवास जग्गाप्रकरणमा २४ असारमा नेपालप्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनीथुनामा राखेको भन्दै सर्वोच्च अदालतमाबन्दीप्रत्यक्षीकरण रिट परेको थियो ।