आक्रमणमा परेका आणविक केन्द्रमा आईएईएलाई पहुँच नदिने इरानको स्पष्टोक्ति
इरानले अमेरिकी आक्रमणमा परेका आफ्ना आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकलाई पहुँच दिने कुनै योजना नरहेको जनाएको छ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले यस विषयमा कुनै सहमति वा तयारी नभएको स्पष्ट पारे। उनले स्विट्जरल्यान्डमा भएको वार्तापछि आईएईएलाई पहुँच दिने सहमति भएको भन्ने अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबीलाई अस्वीकार गरे।
इरानले इजरायलसँगको १२ दिने युद्धपछि पनि आईएईएको नियमित अनुगमन जारी रहेको जनाएको छ। तर अमेरिकी आक्रमणको निशानामा परेका संवर्धन केन्द्रहरूमा भने निरीक्षकलाई प्रवेश नदिइने स्पष्ट गरिएको छ।
बाघाईले इरानको आयात नीति मूल्य र गुणस्तरका आधारमा तय हुने बताउँदै वर्तमान परिस्थितिले विभिन्न राजनीतिक व्याख्या जन्माएको टिप्पणी गरे।