सुनारको अभिव्यक्तिबारे नयाँ केन्द्रीय समितिले समीक्षा गर्न सक्छ : मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झा ले नेता खगेन्द्र सुनार को अभिव्यक्तिलाई अराजनीतिक भन्दै नयाँ केन्द्रीय समितिले त्यसबारे समीक्षा गर्न सक्ने बताएका छन्।
चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले कार्यक्रममा बोलाइएका अतिथिप्रति न्यूनतम सम्मान आवश्यक हुने उल्लेख गर्दै सुनारको अभिव्यक्ति अनुचित रहेको बताए।
उनले कारबाहीबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने भए पनि नयाँ निर्वाचित केन्द्रीय समिति र अनुशासन समितिले उक्त विषयको समीक्षा गर्ने बताए। हाल पार्टी संक्रमणकालीन अवस्थामा रहेकाले तत्काल कुनै निर्णयबारे टिप्पणी गर्न उपयुक्त नहुने उनको भनाइ थियो।