नवीन प्रविधिको प्रयोगबाट कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले विश्वविद्यालयहरू वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोग गरेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रितहुनुपर्ने बताएका छन् ।
कृषितथावन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा उनले विश्वविद्यालयले कृषितथावन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्तिउत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीनप्रविधिको विकास तथा प्रसार कार्यमा लाग्नेअपेक्षा गरेकोबताए ।
उनले भने, ‘‘कृषितथावन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्तिउत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीनप्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।’’
यस्तै, उनले कृषि र पशुपालनमाआयातप्रतिस्थापन गरी आत्मनिर्भर बन्ननयाँप्रविधिको विकास र प्रयोग आवश्यकभएको भन्दै यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यककार्य गर्नेविश्वास लिएको पनिबताए ।
उनले भने, कृषि र पशुपालनमाआयातप्रतिस्थापन गरी आत्मनिर्भर बन्ननयाँप्रविधिको विकास र प्रयोग आवश्यक छ । विदेशबाट काठको आयातहुने तर स्वदेशमाउत्पादन जंगलबाट उपभोक्तासम्मनपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतमप्रयोग गर्न सकिन्छ ? यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यककार्य गर्नेछ भन्ने कुरामाविश्वस्त छु ।
प्रधानमन्त्रीको सम्बोधन (पूणर्पाठ)
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतकाप्राकृतिक स्रोत व्यवस्थापनको विषयमाअध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिकविश्वविद्यालयको खाँचो महसुस भएकोले कृषितथावन विज्ञान विश्वविद्यालयवि.सं. २०६७ सालमा स्थापना गरिएको हो। देशकै पहिलो प्राविधिकविश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धानतथाप्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथावन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्याउने छ भन्ने अपेक्षा राज्यले गरेको छ। त्यसैले यस विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने कुरा म यहाँहरूलाई विश्वस्त गराउँछु।
कृषितथावन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्तिउत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीनप्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्याउने कार्य विश्वविद्यालयले गर्ने अपेक्षा गरेको छु।
यस विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमाआंगिककलेजहरू स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्नप्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वन विज्ञान संकायअन्तर्गतकाकलेज र २ वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमाआइसकेको जानकारी गराउनपाउँदाखुसीलागेको छ। यस सम्बन्धमाआवश्यकशिक्षक, कर्मचारीको व्यवस्थापनकालागि संगठन तथाव्यवस्थापन सर्वेक्षण (इ७ः) गरिसकेकोमा आउने दिनमा सोअनुसारको व्यवस्थापनमा सरकारको तर्फबाट विशेष सहयोग हुने नै छ।
विश्वविद्यालयको लक्ष्य, उद्वेश्य परिपूर्तिका लागितयार पारिएको दोस्रो दसवर्षे रणनीतिक योजना (२०२३-२०३२) को कार्यान्वयनको समेत अपेक्षागर्दछु। त्यसैगरि विश्वविद्यालयकाचालु कार्यक्रमहरूको सवलीकरण र गुणस्तरमा विश्वविद्यालयको विशेष जोड हुने विश्वासका साथ अनुसन्धान केन्द्रहरूको बिस्तारमा ध्यानदिनपनिआग्रहगर्दछु।
हेटौंडास्थित वन विज्ञान संकायको आफ्नै भवनमा शैक्षिककार्यक्रम सञ्चालनमाआएकोमा खुशीलागेको छ। मन्त्रिपरिषद्ले गरेको निणर्यबमोजिम शैक्षिककार्यक्रमको प्रभावकारी सञ्चालनकालागि नेपाल सरकारको तर्फबाट पूणर् सहयोग रहने विश्वासमेत दिलाउँछु।
कृषि र पशुपालनमाआयातप्रतिस्थापन गरी आत्मनिर्भर बन्ननयाँप्रविधिको विकास र प्रयोग आवश्यक छ। विदेशबाट काठको आयातहुने तर स्वदेशमाउत्पादन जंगलबाट उपभोक्तासम्मनपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतमप्रयोग गर्न सकिन्छ ? यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यककार्य गर्नेछ भन्ने कुरामाविश्वस्त छु।
सीमित स्रोतको बावजूदपनिविश्वविद्यलायका अनुसन्धानहरूमा सहभागी सबै वैज्ञानिक प्राध्यापकज्यूहरूलाई हार्दिक बधाइतथाधन्यवादव्यक्तगर्दछु। भविष्यमा समेत अनुसन्धानकार्यहरूलाई प्राथमिकतामा साथ अघि बढ्न विश्वविद्यालयलाई आग्रहगर्दै नेपाल सरकारको अभिभावकीयभूमिका रहने प्रतिवद्धता व्यक्तगर्दछु।
कृषि र पशुपन्छी विकास रणनीतिको महत्वपूणर् कार्यक्रममा कृषिशिक्षातथा प्रसारलाई एकीकृत रूपमा सञ्चालनगर्दैीभबचलष्लन ायच भ्लतचभउचभलभगचष्ब िभ्हउभचष्भलअभक (ीभ्भ्एवं अन्य क्ष्लतभचलकजष्उ कार्यक्रमलाई समावेश गरी प्रभावकारी बनाउनुपर्ने देखिन्छ। साथै, आधुनिक कृषि र वनप्रविधिलाई विश्वविद्यालयकाविद्यार्थीमार्फत् कृषक एवं वनउपभोक्तासमक्ष पुर्याउन सञ्चालित (ीभ्भ्) कार्यक्रमलाई निरन्तरतादिनविश्वविद्यालय समक्ष रहोस् भन्ने अपेक्षागर्दछु। (ीभ्भ्) कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग रहने जानकारी गराउँछु।
त्रिभुवन विश्वविद्यालयबाट कृषितथावन विज्ञान विश्वविद्यालयमा सम्पत्ति हस्तान्तरण र जनशक्तिव्यवस्थापनसम्बन्धीकार्यमा सरकारको तर्फबाट आवश्यक सहजीकरण हुने नै छ। महालेखाको प्रतिवेदनमाउल्लेखित बेरूजु सम्बन्धमाआगामीदिनमाविश्वविद्यालयले गम्भीरतापूर्वक लिई आवश्यकपहललिनसमेत विशेष रूपले निर्देशितगर्दछु।
अन्त्यमा, यस सभा बैठकले लिएका महत्वपूणर् निणर्यहरूको दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशितगर्दै विश्वविद्यालयको आगामीकार्यक्रमको पूणर् सफलताको कामनागर्दै आफ्नो मन्तव्ययहीअन्त्यगर्दछु र सभायही समापनभएको घोषणा गर्दछु, धन्यवाद।