सुन र चाँदीको मूल्य घट्यो
स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४० रुपैयाँले घटेको छ। सोमबार ४ हजार ७३० रुपैयाँ रहेको चाँदीको भाउ मंगलबार ४ हजार ५९० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।