विद्युतको आन्तरिक खपतका लागि आवश्यक योजना बनाउँदै छौं : मन्त्री बस्नेत
उर्जा जलस्रोत तथासिँचाई मन्त्रीशक्तिबहादुर बस्नेतले, विद्युतीयउर्जाको अधिकतमखपतकालागि सरकारले आवश्यक योजनाबनाइरहेको बताएका छन् ।
विहीबार राष्ट्रिय सभामा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफदिँदै उनले आगामीदशवर्ष भित्रआन्तरिक खपतक्षमताउच्चतम् विकास गर्ने गरी कामभइरहेको बताए ।
‘आगामी १० वर्षभित्रआन्तरिक खपतक्षमताबढाउनको लागि घरायसीप्रयोजनको लागिचाहिने बत्तीको कुरादेखि, कुलीङ हिटिङ सबै क्षेत्रमाआन्तरिक खपत बढाउने महत्वकांक्षी योजना छ । ’ उनले भने ।
नेपालको सिंचाई योग्य २५ लाख हेक्टर जमिनअन्तर्गत १५ लाख हेक्टर जमिनमामात्रै सिंचाईको सुविधापुगेको भन्दै मन्त्री बस्नेतले बाँकी क्षेत्रमा सिंचाई सेवा पुर्याउननसकेको जानकारी दिए ।
‘प्रदेशहरुले पठाउको सिफारिसको आधारमा बजेट विनियोजन गरिएको छ। अघिल्लो वर्षमादायित्वसिर्जना भएको आयोजनाहरुमा नै बजेट विनीयोजन गर्नुपर्ने परिस्थीतीले गर्दा माननीयज्युहरुको अपेक्षालाई सम्बोधन गर्न सकिएको छैन् । ’