सीता दाहालको निधनप्रति पार्टीको झण्डा दुई दिनसम्म आधा झुकाउने
नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीसीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निणर्य गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि देशभरका माओवादी केन्द्रा सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निणर्य गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार भोलि जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निणर्य पनि गरिएको छ ।
आज बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएकी सीताको उपचारकै क्रममा निधन भएको थियो ।