सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानतथागृहमन्त्री नारायण काजिश्रेष्ठले, सुशासन समृद्धि र सामाजिकन्यायको लागि सरकार प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।
विहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफदिने क्रममाउनले सरकारले सुशासन, समृद्धि र समाजिकन्यायलाई केन्द्रविन्दुमा राखेर काम अगाडी बढीरहेको बताए । धनि र गरीब, सम्पन्न र विपन्नलाई छुट्टा छुट्टै कानुनहुँदैन भन्ने कुराप्रति सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
उनले अनुचित लेनदेनअर्थात मिटरव्याजी सम्बन्धीविधेयकपास गरेको राष्ट्रिय सभालाई धन्यवाददिए ।
‘यस सदनबाट अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धीविधेयकपास गरेर पारित गरेर प्रतिनिधि सभामा पठाईएको छ । यो ऐतहिासिककाम सामन्तिशोषणको अवशेषलाईअन्त्य गर्ने सवालमा यो सदनको पहलकदमीकानिम्ती सबैलार्य धन्यवाददिन चाहान्छु । ’ उनले भने ।
खर्च कटौतिको प्रस्तावफिर्ता लिनआग्र गरेका उनले तस्करी र दुव्यसनी नियन्त्रणलाई गृहमन्त्रालयले गम्भीर रुपमालिएको बताए ।
जुम्लाको अन्तरजातियविवाहको सन्र्दभमा घर जलाउनेलाई पक्राउ गरिएको भन्दै उनले क्षतिपूर्तिको लागि समेत माग गरिएको बताए ।
‘कारवाहीको प्रक्रिया अघि बढेको छ । अभियोजनगर्दा क्षतिपूर्तिको मागदाबी गरिएको छ । ’