असारे र डोजरे विकास प्रवृतिको अन्त्य गर्न प्रतिवद्ध छौं : मन्त्री ज्वाला
भौतिकपूर्वाधारतथायातायातमन्त्रीप्रकाशज्वालाले, असारे र डोजरे विकास प्रवृतिअन्त्यकालागि सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् ।
यसअघि राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथिमन्त्रालयगत रुपमाभएको छलफलका क्रममाविभिन्न सांसदहरुले राखेको चासोलाई सम्बोधनगर्दै मन्त्रीज्वालाले असारे र डोजरे विकासको प्रवृतिले सडक पूर्वाधारसंगै सयौं बिगाहा खेतीयोग्यजमिनमाक्षतिपुगेको भन्दै त्यस्तो विकास प्रवृतिअन्त्य गर्ने बताए ।
उनले भने, ‘बिनाअध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौं प्राकृतिकविपत्तिहुदै गएको सत्य हो । कठिन भूबनोटबाट सडक निर्माण गर्नुपर्ने,चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने,सडक निर्माणको क्रममानिस्केका ढुंगामाटोको उचितव्यवस्थापनहुननसक्दात्यसले धेरै खेतीयोग्यजमिनपुरिने र पूर्वाधारमा क्षति पुर्याउने गरेको छ । हामीअसारे र डोजरे विकास प्रवृतिको अन्त्य गर्न प्रतिवद्ध छौं ।’
मुग्लिन नारायणघाट सडक सञ्चालनकालागिपहिरो नियन्त्रण गर्न आवश्यकता हेरी सडक विभागमार्फत विशेषज्ञबाट अध्ययन गराएर बढी जोखिमयुक्त स्थानमाआवश्यकताअनुसार गरिएको रोकथामफलदायी देखिएको उनको भनाई छ ।
‘नारायणघाट मुग्लिनसडक खण्डमा पर्ने १५ ओटा पुलहरुको एप्रोच सडक र शाखासडकहरुको निर्माणपछि समस्या समाधानहुने विस्वास छ । यो सडकमा पहिरोकाअल्पकालीन,मध्यकालीन र दिर्घकालीन समाधानकाउपायहरु खेजी गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
त्यस्तै, उनले पृथ्वी राजमार्ग अन्र्तगतको नौविसे सडक खण्डको सडक विस्तार कार्य जारी रहेकाले निर्माण कार्य सम्पन्न भएपछि यात्राकालागि सडक सुरक्षितहुने विश्वास व्यक्त गरे।
मन्त्रीज्वालाले नारायणघाट -बुटवल सडक खण्ड अन्र्तगतको १सय १३ किलोमिटर सडकको स्तरउन्नतिको कामठेकेदारको कमजोरी,समन्वयनअभाव जस्ता विविध कारण निर्माण कार्यले गतिलिननसकेको स्वीकारे ।
उनले उक्त सडकको पछिल्लो समय स्तरउन्नतीको कार्य तिव्रताकोसाथअघि बढेको भन्दै आगामी १८ महिनाभित्रनिर्माण कार्य सम्पन्नगर्ने लक्ष्य सुनाए।