सुकुम्बासी पहिचानमा भएका त्रुटी सच्याउछौं : सचिव डाक्टर रेग्मी
भुमिव्यवस्थापन सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले, सरकार सुकुम्बासीपहिचानमाभएको कमीकमजोरी सुधारेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
विहीबार सिंहदरवारमा आयोजितभुमिव्यवस्थापन सम्बन्धिवर्तमान समस्यातथा समाधानलगायतकाविविधविषयबारेको छलफलमा उनले राज्यवास्तविक सुकुम्बासीको पक्षमाउभिनु पर्ने भन्दै त्यसको लागिआवश्यकाप्रयास भइरहेको बताए ।
उनले भने ‘राज्यवास्तविक सुकुम्बासीको पक्षमाउभिनु पर्छत्यो एकदम राम्रो कुरा हो । त्यसमाभएको हाम्रो कमीकमजोरी हामी सुर्धार्छौ । सुकुम्बासीको पहिचानको लागिजग्गाविवरणको मापदण्ड छहामीसंग । आज उठेको गरिबी,भुमी र सुकुम्बासीको कुराहरुकोे सबै डकुमेन्ट तयार छ । ’
सहकारीव्यवस्थापनको लागिगठन गरेको समितीले राम्रो काम गरिरहेको रआएको सुझावहरुलाई नीतिगत रुपमा अगाडी बढ्ने उनको भनाई छ ।
उनले जग्गा संरक्षण सबैको कामहो भन्दै मालपोत र मन्त्रालयले मात्र गर्न नसक्ने बताए ।