सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा : रक्षामन्त्री खड्का
उपप्रधानमन्त्रीतथा रक्षामन्त्री पूणर्बहादुर खड्काले,नेपाली सेनाको संख्या राष्ट्रिय आवश्यकताको आधारमा निर्धारण हुने बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफदिँदै उनले नेपाली
सेनाको संख्यासंग जोडेर केही कुरा आएको भन्दै त्यसबारे सरकारको धारणा सार्वजनिक गरे । उनले भने ‘नेपाली सेनाको संख्यासंग जोडिएर केही कुराहरु आएका छन् । त्यस सन्दर्भमा कुनै पनि देशको सेनाको संख्या र त्यस देशको भौगोलिक अखण्डता राष्ट्रिय आवश्यकताअन्तर्राष्ट्रिय परिवेश र बेला बेलामामुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्दछ । नेपाली सेनाको संख्या राष्ट्रिय समिक्षा केन्द्रको सिफारिसमा नेपाल सरकारको निणर्य बमोजिमनिर्धाणर हुन्छ । ’
हाल सेनामा८१ हजार २७७जनाकार्यरत रहेको उनले जानकारी दिए ।
७४ हजार ५०५पुरुष र ६ हजार ७७२ महिलासेनामाकार्यरत रहेको उनको भनाई छ ।
मुलुकको आवश्यकताअनुसार सेनालाई परिचालनगरिएको बताएकाउनले भने, ‘त्यो सेना पूणर् रुपमाआफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्याविपदव्यवस्थापन, निर्माण, शान्ति सेनामालगाएका छौं । सामान्य ठेकेदारी प्रथामाहुननसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं ।’
अन्तर्राष्ट्रिय शान्ति स्थापनामापनि नेपाली सेनाको भूमिकाविश्वमा सम्मानितभएको बताएकाउनले मुलुकको आन्तरिक सुरक्षामापनि सेना जिम्मेवार भएको बताए । सेनालाई बंकरबाट ब्यारेक फर्काउने अभियानचलाइरहेको उल्लेख गर्दै मन्त्री खड्काले आगामीवर्षका लागिदुई अर्ब बजेट विनियोजन गरिएको बताए।