भ्रष्टाचारीमाथिको कारवाही स्टन्डबाजि मात्रै : एमाले अध्यक्ष ओली
नेकपाएमालेका अध्यक्ष केपीशर्माओलीले, भ्रष्टाचारीमाथिको कारवाही यो सरकारको स्टन्डबाजी मात्रै भएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजीतपार्टीको वाग्मतीप्रदेश संगठन कमिटीको सातौ बैठकलाई सम्बोधनगर्दै उनले, पहिलेदेखि नै चलेको भ्रष्टाचारविरोधिअभियानलाई यो सरकारले स्टन्डबाजी मात्रै गरेको आरोप लगाएकाहुन् ।
अहिलेकाप्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्दै मख्ख परेको उनको टिप्पणी छ ।
‘अहिलेको सरकार अहिलेका मन्त्रीहरु खास गरीप्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचार विरोधि कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होईन । यो त अगाडिदेखि चल्दैथ्यो ।’ उनले भने ‘यो पोलिटीकल स्टन्टवाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरुलाई ब्लोअप गरेर के के न गरे भनेर यो कुनै विकास कुनै निर्माण हो र ?’
उनले अन्यराजनीतिकपार्टीले समेत अराजनीतिकखालको कार्य गरेको बताएका छन् । आफु स्वयंले अहिलेको उमेरमा पनि १८ घण्टा काम गर्ने गरेको र बुढापाका भनेर पार्टीमा नराख्ने प्रवृति बढेको भन्दै उनले असन्तुष्टि जनाए ।