केन्द्रीय समितिमा जवाफ दिँदै कांग्रेस सभापति र महामन्त्रीहरू
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले आज धारणा राख्ने भएका छन्।
उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्दैछन्।
गत साउन २ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो।
१० एजेन्डा र महामन्त्री थापाले पेश गरेका वार्षिक कार्ययोजनामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्।
धारणा राख्दा केन्द्रीय सदस्यहरूले महामन्त्री र सभापतिलाई सोधेका प्रश्नको जवाफ पनि दिने तयारी छ।