वीरेन्द्र जैसीले अनशन तोडे: उपचार तथा रोजगारीको व्यवस्था गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता
तीनहप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, स्वास्थ्य अवस्था जटिल भएपछि वीरेन्द्र प्रहरी अस्पतालमा उपचार गराइरहेका जैसीलाई अस्पतालमै पुगेर अनशन तोडाएका हुन् ।
वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो।
०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तर उपचारमा कुनै सहयोग नगरेको भन्दै उनी तीनहप्तादेखि अनसनमा थिए ।
अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।
माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए।
आजबाट भने वीरेन्द्र प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ।