प्रधानमन्त्री र मन्त्रीहरु एउटा निर्वाचन क्षेत्रका मात्रै होइनन् : राष्ट्रिय सभा सदस्य थापा
राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा पार्वतीले, बजेट निर्माणमा प्रधानमन्त्री र मन्त्रीहरुको भूमिकालाई लिएर आपत्ति जनाएकी छिन् ।
एउटा निर्वाचन क्षेत्रको जस्तो गरेर बजेट विनियोजन भएको भन्दै आपत्ति जनाएकी छिन् । जित्दा एउटा क्षेत्रबाट जितेपनि प्रधानमन्त्री र मन्त्रीहरु देशको हुने भन्दै एउटा क्षेत्रको सांसद जस्तो गरेर बजेट विनियोजन गरिएको भन्दै उनले आपत्ति जनाइन् ।
राष्ट्रिय सभामा स्वाथ्य तथा जनसंख्या मन्त्रालय, संचार तथा सूचना प्रविधि, परराष्ट्र मन्त्रालय, गृह, रक्षा, खानेपानी, सामान्य प्रशासन मन्त्रालयलगायतका विभिन्न शीर्षकमाथिको बहसमा भाग लिदै उनले बजेट निर्माणमा प्रधानमन्त्री र मन्त्रीहरुको कार्यशैली प्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री देशको प्रधानमन्त्री हो । माननीय मन्त्री ज्यूहरु देशको मन्त्रीहरु हो त्यसैले विनियोजन विधेयकमाथि छलफल गरिरहदाँ एउटा निर्वाचन क्षेत्रको जस्तो गरेर माननीय मन्त्रीज्यूहरु एउटा क्षेत्रको जस्तो गरेर बजेट विनियोजन भएको छ ।’
प्रधानमन्त्री ज्यू एउटा क्षेत्रको जस्तो गरेर बजेट विनियोजन भएको छ । म विनम्रताका साथ अनुरोध गर्न चाहान्छु । हामी निर्वाचित हुदाँ एउटा क्षेत्रबाट भएपनि सिंगो देशको प्रधानमन्त्री हो सिंगो देशको माननीय मन्त्रीज्यूहरु हो । तसर्थ क्षेत्रभन्दा माथि उठेर देशको आवश्यकता जनताको आवश्यकता, आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजित हुने व्यवस्था मिलाइयोस् म आग्रह गर्न चाहान्छु ।’
खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्दै, विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा थापाले सरकारले आम नागरिकको स्वाथ्य उपचारमा विशेष ध्यान दिन नसकेको भन्दै आक्रोश पोखिन् ।