मनाङ एयरको हेलिकोप्टर दुर्घटनामाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुुष्पकमलदाहाल प्रचण्डले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रतिदःुखव्यक्त गरेका छन् ।
आजविहानभएको दुर्घटनाप्रति प्रधानमन्त्रीले, दुखव्यक्तगर्दै छिटो र प्रभावकारी उद्दारको लागि सम्बन्धितनिकायलाई निर्देशन समेत दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखीतुल्याएको छ। दुर्घटनामा परी मृत्यु भएकायात्रुहरूप्रति भावपूणर् श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशितगर्दछु।’
मंगबार बिहानसोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा दुर्घटना भएकोहो । दुर्घटनामा परी मृत्यु भएकापाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।