नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा अविचलित छ : परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलितनभएको स्पस्ट पारेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथिमन्त्रालयगत रुपमाभएको छलफलका क्रममाविभिन्न सांसदहरुले नेपालले अन्तर्राष्ट्रिय मामिलामानिर्वाह गर्दै आएको असंलग्न परराष्ट्रनीतिबाट विचलितभएको भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।
सांसदहरुले उठाएकोप्रश्नको जवाफदिदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनकामूलभूतआधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोहि नीतिअनुसार नै विचलितनभई चल्नेजानकारी गराए ।
उनले भने, ‘गुण र दोषको आधारमा अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्रधारणा बनाउने, मतदान गर्ने तथाअन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूणर्,निष्पक्ष,उत्तरदायी र सहयोगात्मकबनाउने नेपालको कुटनीतिक प्रयास उन्मुख छ ।’
उनले अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा नेपालले लिएको स्वतन्त्र ,निष्पक्ष ,सन्तुतिलतथा बस्तुनिष्ठ नीतिकै कारण अन्तर्राष्ट्रियजगतमा नेपालको विश्वसनीयता र सम्मानआर्जन गरेको भन्दै नेपालले असंलग्न परराष्ट्र नीतिको अबलम्बन अटुट रुपमा गरिरहने प्रतिबद्धता जनाए ।
हालै अजरबैजानको बाँकुमा सम्पन्नमन्त्रीस्तरीय नन अलाइनमेन्ट मुभमेन्टमा सम्बोधनगर्दा असंलग्नआन्दोलनको महत्व र सान्र्दभिकतालाई थपउजागर गर्न नेपालको प्रतिबद्धता जाहेर गरेर आएको भन्दै उनले भने, ‘मैले हालै सम्पन्नउक्त भ्रमणमा पनिविश्वकाजल्दाबल्दा राजनीतिकतथाआर्थिक मुद्दाको समाधानकालागि असंलग्नआन्दोलनमा आवद्ध सदस्य राष्ट्रहरुको ऐक्यवद्धता र सहकार्यमा जोड दिएको थिए । तसर्थ असंलग्न परराष्ट्र नीतिको अबलम्बनतर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पस्ट पार्छु ।’