राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्र अवलोकनमा
राष्ट्रपति रामचन्द्र पौडैल शुक्रबार बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा पुगेका छन्।
दरबार क्षेत्र पुगेका राष्ट्रपति पौडेलले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पाटन दरबार क्षेत्रमा सिमसिम पानी पर्दा राष्ट्रपति पौडेलले छाता ओडेर दरबार क्षेत्रको अवलोकन गरेका छन्।
राष्ट्रपति आउने भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि दरबार क्षेत्र पुगेका छन्।