पूर्वाधार विकासका लागि छुट्याइएको बजेटले भ्रष्टाचार बढाउँछ : सांसद देव
राष्ट्रिय सभा सदस्यजितेन्द्रनारायण देवले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको बजेटले भ्रष्टाचार बढाउने बताएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले पिछडिएका प्रदेशहरुमाआवश्यकभन्दाकम बजेट गएकोप्रति असन्तुष्टि जनाउँदैपूर्वाधार विकास कार्यक्रममा छुट्याईएको ८ अर्ब २५ करोड बजेटले भ्रष्टाचार बढाउने बताए ।
उनले भने,‘मन्त्रीज्यूले आफैले एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममाजुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनिपुँजीगतखर्च हो । त्यो रकममा धेरै ठूलो चुहावट छ ।त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रमहो ।’
उनले कणर्ाली, सुदूरपश्चिम र मधेस प्रदेशमाआवश्यक बजेट जाननसकेको पनिबताएका छन् ।
सांसद, सांसदकापीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउनपूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको उनको भनाई छ ।