‘रोयल्टी तिर्न अप्ठ्यारो भए हाम्रो सिर्जना प्रयोग नगर्नूस्’
रेडियो तथा सङ्गीतका विभिन्न सङ्घसंस्थाबीच रोयल्टी विवादले वाकयुद्ध चलेको छ । रेडियो एसोसिएसन रोयल्टी तिर्ने तर प्रक्रिया भएन भनिरहेको छ । सङ्गीतका विभिन्न सङ्घसंस्थाले पनि रोयल्टी तिर्नु पर्छ भन्दै आएका छन् ।सङ्गीतको रोयल्टी उठाउने आधिकारिक संस्था ‘रोयल्टी सङ्कलन समाज’ले भने रेडियोले रोयल्टी तिर्दैनौँ भन्यो भनेर प्रचार गरिरहेको छ । अहिले रोयल्टी समाजका अध्यक्ष छन् सुरेश अधिकारी ।
फिल्म, एल्बम र फुटकर गरेर थुप्रै गीतका सफल सङ्गीतकार अधिकारी करिब १२ वर्षदेखि रोयल्टी सङ्कलन समाजमा रहेर गीतसङ्गीतका र स्रष्टाका लागि काम गरिरहेका छन् । पछिल्लो समय रेडियोहरूसँग देखिएको रोयल्टी विवादको विषयमा अध्यक्ष अधिकारीलाई रातोपाटीले केही प्रश्न गरेको छ ।