ओली–प्रचण्ड आमने–सामने भएका पाँच काण्ड !
आलोपालोको सहमति अनुसार आफ्नै प्रस्ताव र समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० पुस २०७९ मा प्रधानमन्त्री बनाएको नेकपा एमाले ६५ दिनपछि अर्थात् १५ फागुन २०७९ मा सरकारबाट बाहिरियो । प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि सोही दिनदेखि एमाले संसदमा प्रतिपक्षी बेञ्चमा पुग्यो ।

यसक्रममा एमाले, रास्वपा र राप्रपा एकातिर भए भने कांग्रेससहितका अरु सत्तापक्ष दल अर्कोतिर ध्रुवीकृत देखिए । कतिपय घटनामा सत्ता र प्रतिपक्ष आमनेसामने हुँदा नेताहरु एकअर्कामा चर्को आलोचना, घोचपेच, र आरोप–प्रत्यारोपमात्रमा सीमित नभई संसद अवरोध र प्रधानमन्त्रीको राजीनामा माग्ने जस्ता उत्कर्षको अवस्थामा पुगे ।
राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल सस्तो लोकप्रियता र चिन्तनबिनाको यस्तो राजनीतिले दलहरु कहीँ नपुग्ने बताउँछन् । जति उत्कर्षमा पुगे पनि अन्ततः ठोस सहमति र परिणामबिनै उनीहरु सत्ता र प्रतिपक्षको हैसियतमा एउटै यात्राका यात्रु बन्न बाध्य भएको बरालको विश्लेषण छ ।